दोस्रो टी–२० क्रिकेटमा वेष्ट इन्डिजले भारतलाई हरायो

वार्नर पार्कमा गएराती भएको खेलमा घरेलु टोली वेष्ट इन्डिजले भारतलाई ५ विकेटले हराएको हो ।

नेपालभ्युज

दोस्रो टी–२० क्रिकेटमा वेष्ट इन्डिजले भारतलाई हरायो

काठमाडौं।  दोस्रो टी–२० क्रिकेटमा वेष्ट इन्डिजले भारतलाई ५ विकेटले हराएको छ । वार्नर पार्कमा गएराती भएको खेलमा घरेलु टोली वेष्ट इन्डिजले भारतलाई ५ विकेटले हराएको हो ।

भारतले दिएको १ सय ३९ रनको लक्ष्य वेष्ट इन्डिजले ४ बल बाँकी छँदै ५ विकेट गुमाएर भेटायो । उसका लागि ब्रान्डन किंङले सर्वाधिक ६८ रन बनाए । यस्तै देवन थोमसले ३१ र निकोलस पुरनले १४ रन बनाए ।

बलिङतर्फ भारतका असर्दीप सिँह, रवीन्द्र जडेजा, रवीचन्द्रन आश्विन, हार्दिक पाण्ड्या र आभे खानले १-१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको भारतका लागि हार्दिक पाण्ड्याले सर्वाधिक ३१, रवीन्द्र जडेजाले २७, ऋषव पन्तले २४ र सूर्यकुमार यादवले ११ रन बनाए ।

बलिङतर्फ वेष्ट इन्डिजका ओेवेद म्याककोयले ६ विकेट लिए । यस्तै, ज्यासन होल्डरको नाममाा २ तथा अल्जारी जोसेफ र अकिल होसिनको नाममा १-१ विकेट रह्यो ।

जीतसँगै ५ खेलको श्रृङ्खला वेष्ट इन्डिजले १–१ को बराबरीमा ल्याएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved