राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठक आगामी आइतबार बस्ने

नेपालभ्युज

राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठक आगामी आइतबार बस्ने

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् राखेपको बोर्ड बैठक आगामी आइतबार बस्ने तय भएको छ। युवा तथा खेलकुद मन्त्री महेश्वरगंज गहतराजले परिषद्को १ सय १३ औँ बोर्ड बैठक साउन १५ गते आइतबारका लागि बोलाएका हुन्।

बैठक सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयको बैठक हलमा बस्ने छ। राखेपको वार्षिक कार्य योजना र नवौँ राष्ट्रिय खेलकुदको तयारीको विषयमा छलफल हुने राखेप सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिएका छन्।

नयाँ आर्थिक वर्ष सुरु हुँदै गर्दा मन्त्रालयले वार्षिक कार्य योजना सहितको छलफल गर्न बोर्ड बैठक बोलाएको हो । राष्ट्रिय खेलकुद विकास ऐनमै परिषद्को काम, कर्तव्य र अधिकारमै बोर्ड बैठकले वार्षिक योजना, कार्यक्रम तथा बजेट स्वीकृत गर्ने घिसिङले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved