कल सेन्टरबाट ठगी प्रकरण, सीआईबीले अनुसन्धान गर्ने

नेपालभ्युज

कल सेन्टरबाट ठगी प्रकरण, सीआईबीले अनुसन्धान गर्ने

काठमाडौं। रुपन्देहीको तिलोत्तमा २ जानकीनगरमा सञ्चालित कल सेन्टरको ठगी बारेमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गर्ने भएको छ। आइतबार छापा मारेसँगै थप अनुसन्धानका लागि सीआईबीको टोली रुपन्देही जान लागेको छ।

आफ्नो टोलीले ठगीको उद्देश्य, ठगीबाट कति रकम संकलन भयो र उक्त रकम कसले लिएको छ भन्ने पत्ता लगाउने प्रयास गर्ने सीआईबीका एक उच्च अधिकारीले बताए।

कल सेन्टरबाट नौ जना सञ्चालक सहित २ सयभन्दा धेरै कर्मचारी पक्राउ परेका थिए। अहिले कर्मचारीलाई छाडिए पनि सञ्चालकहरू हिरासतमा छन्।
प्रहरीले नियन्त्रणका लिएका कम्प्युटर र मोबाइलहरू खोलेर विस्तृत अनुसन्धान गरिरहेको छ।

‘चिट्ठा पर्‍यो’ भन्दै ठगी गर्ने कल सेन्टरका मूख्य लगानीकर्ता खोज्दै प्रहरी

पक्राउ परेकाहरूले प्रहरीलाई चिनियाँको लगानीमा आफूहरूले काम गरेको बताएका रुपन्देही प्रहरीले जनाएकाे छ। कल सेन्टरको मुख्य लगानीकर्ता भने पत्ता लाग्न नसकेको प्रहरी कार्यालय बुटवलका प्रमुख एवं डीएसपी ठग बहादुर केसीले बताए।

आइतबार पक्राउ परेकामध्ये मुख्य भारतीय नागरिक निरञ्जन कुमार हुन्। उनीसहित पक्राउ परेका अन्य ८ जना नेपाली नागरिकलाई पनि जिल्ला अदालत रुपन्देहीमा पेस गरेर अनुसन्धानका लागि म्याद थपिएको छ।

ठगीकै लागि ६ महिनादेखि योजनाबद्ध रूपमा लाखौँ रुपैयाँ लगानी गरेर कार्यालय स्थापना गरिएको खुलेको छ।
ठगी धन्दाबाट पीडित हुनेमा सबै भारतीय नै हुन् या नेपाली पनि छन् भन्नेबारे अनुसन्धान जारी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved