‘चिट्ठा पर्‍यो’ भन्दै ठगी गर्ने कल सेन्टरका मूख्य लगानीकर्ता खोज्दै प्रहरी

नेपालभ्युज

‘चिट्ठा पर्‍यो’ भन्दै ठगी गर्ने कल सेन्टरका मूख्य लगानीकर्ता खोज्दै प्रहरी

काठमाडौं। रुपन्देहीको तिलोत्तमास्थित जानकीनगरमा सञ्चालित कल सेन्टरमा प्रहरीले आइतबार छापा मारेर नियन्त्रणमा लिएकामध्ये ९ जना बाहेक अन्यलाई छाडिएको छ। एक भारतीय र ८ जना नेपाली नागरिकलाई भने थप सोधपुछ तथा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय राखिएको छ।

विभिन्न मोबाइल एपको प्रयोग गरेर ठगी गरेको आरोपमा उनीहरु नियन्त्रणमा रहेको रुपन्देही प्रहरीले जनाएको छ।
चर तले घरेको तीन फ्ल्याट एक भारतीय नागरिकले भाडामा लिएका थिए। त्यहाँ सञ्चालित कल सेन्टरमा प्रहरीले छापा मारेर २ सयभन्दा बढीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो।

कल सेन्टरमा दुई सयभन्दा बढी कम्प्युटर राखेर भारतीय नागरिकलाई ठगी गर्ने काम भइरहेको प्रहरीको भनाइ छ। भारतीय नागरिकलाई ऋण दिने बहानामा ब्याक मेलिङ्ग गर्ने, मोबाइलको विभिन्न एप प्रयोग गरेर ठगी गर्ने गरेको काम हुँदै आएको  प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख रवीन्द्र रेग्मीले बताए।

नियन्त्रणमा लिएका भारतीय नागरिक बिहारका  निरञ्जन कुमार हुन्। अन्य ८ जना नेपाली भने टिम लिडरजस्तै तहमा बसेर काम गर्ने कामदार हुन्।

उनले भने ‘‘सर्वसाधारणको मोबाइलमा ह्वाट्सएप र फेसबुक प्रयोग गरेर ‘तपाईँलाई  चिट्ठा पर्‍यो, भन्सारमा समान आयो,  मलाई समस्या पर्‍यो, मेरो एकाउन्ट पैसा हाली दिनुस्’ भनेर ठगीको जालो बिछ्याउने र सोझा नागरिकलाई ठग्ने काम भइरहेको रहेछ। थप अनुसन्धान हुँदैछ।’’

कल सेन्टरका कर्मचारीले चिठ्ठा परेको भन्दै इन्टरनेट बैंकिडको लगइन युजर र पासवर्ड माग्दै आएका थिए। यदि कोही सोझा मानिसले युजर र पासवर्ड दिएमा एप्स खोलेर आफ्नो एकाउन्टमा पैसा ट्रान्सफर गर्दै आएका थिए।

कल सेन्टरमा प्रहरीको छापा, डेढ सय युवायुवती पक्राउ

ठगीकै लागि ६ महिनादेखि योजनाबद्ध रूपमा लाखौँ रुपैयाँ लगानी गरेर कार्यालय स्थापना गरिएको खुलेको छ। नियन्त्रणमा लिएका भारतीय नागरिक बिहारका  निरञ्जन कुमार हुन्। अन्य ८ जना नेपाली भने टिम लिडरजस्तै तहमा बसेर काम गर्ने कामदार हुन्।
ठगी गर्ने गिरोहको मुख्य लगानीकर्ताको खोजी भइरहेको प्रहरीको भनाइ छ।

ठगी धन्दाबाट पीडित हुनेमा सबै भारतीय नै हुन् या नेपाली पनि छन् भन्नेबारे अनुसन्धान जारी छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved