कल सेन्टरमा प्रहरीको छापा, डेढ सय युवायुवती पक्राउ

नेपालभ्युज

कल सेन्टरमा प्रहरीको छापा, डेढ सय युवायुवती पक्राउ

बुटवल। ठगी गरेको आरोपमा प्रहरीले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ मा रहेको ब्लु स्काइ कल सेन्टरमा छापा मारेर ७ जना सञ्चालकसहित डेढ सय युवा युवतीलाई पक्राउ गरेको छ।

उनीहरुले जानकीनगरमा ३ वटा फ्ल्याट भाडामा लिइ कार्यालय नै राखेर सर्वसाधारणलाई म्यासेज पठाई ट्रयापमा पार्ने गरेको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ। उनीहरूबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

विदेशी नागरिकको लगानीमा खोलिएको यस कार्यालयबाट सर्वसाधारणको मोबाइलमा ह्वाट्सप र फेसबुकमा चिट्ठा परेकाे भन्दै म्यासेज पठाउने, अश्लील सन्देश र भिडियो पठाउने र ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved