श्रीलंकामा प्रदर्शनकारीले कब्जामा लिएको राष्ट्रपति कार्यालय आज खुल्दै

नेपालभ्युज

श्रीलंकामा प्रदर्शनकारीले कब्जामा लिएको राष्ट्रपति कार्यालय आज खुल्दै

एजेन्सी। श्रीलंकामा प्रदर्शनकारीले घेराबन्दी गरेको राष्ट्रपति कार्यालय आज सोमबारबाट पुनः खुल्दै छ। केही दिनअघि सरकारी सेनाले बल प्रयोग गरेर राष्ट्रपति कार्यलय परिसरबाट सरकार विरोधी प्रदर्शनकारीहरूलाई हटाएपछि आजबाट खुल्न लागेको हो।

प्रदर्शनकारीले भवन कब्जा गर्नुअघि राष्ट्रपति राजापाक्षे त्यहाँबाट भागेर मालदिभ्स हुँदै सिंगापुर पुगेका थिए।

गोटाबायाका उत्तराधिकारी रनिल विक्रमासिंघेले ९२ वर्ष पुरानो उक्त ऐतिहासिक भवन खाली गर्न सेनालाई आदेश दिएका थिए।

सेनाले प्रदर्शनकारीलाई दमन गरेर हटाएपछि उक्त कदमको अन्तर्राष्ट्रिय समुदायले आलोचना गरेका छन्। निःशस्त्र प्रदर्शनकारीहरू विरुद्ध बल प्रयोग गरेको भन्दै पश्चिमी देशहरू, संयुक्त राष्ट्र र मानवअधिकार सङ्गठनले विक्रमासिंघको आलोचना गरेका छन्।

प्रदर्शनकारीहरूले यसै महिनाको सुरुमा देशको आर्थिक संकटलाई लिएर तीव्र आक्रोशबीच प्रदर्शनकारीले उपनिवेशकालीन उक्त भवनलाई कब्जामा लिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved