काठमाडौंमा गर्ने विरोध प्रदर्शनलाई व्यापक बनाउने कांग्रेसको तयारी, केन्द्रीय नेता फिल्डमा खटिँदै

नेपालभ्युज

काठमाडौंमा गर्ने विरोध प्रदर्शनलाई व्यापक बनाउने कांग्रेसको तयारी, केन्द्रीय नेता फिल्डमा खटिँदै

काठमाडौं । सरकारको विरोधमा उत्रिएको कांग्रेसले पर्सी आइतबार काठमाडौंमा गर्ने प्रदर्शनलाई व्यापक बनाउने तयारी गरेको छ । सत्ता पक्षसँग संवाद जारी राखेपनि कांग्रेसले विरोधका कार्यक्रमलाई निरन्तरता दिएको हो ।

विरोध प्रदर्शनलाई प्रभावकारी बनाउन कांग्रेसले हरेक निर्वाचन क्षेत्रमा केन्द्रीय नेता परिचालन गरेको छ । उपत्यकाका १५ वटा निर्वाचन क्षेत्रमा १५ नेतालाई प्रतिनिधिका रुपमा कांग्रेसले फिल्डमा खटाएको छ ।

काठमाडौंका १० वटा निर्वाचन क्षेत्रका लागि अब्दुल सतार, सीता थपलिया (उर्मिला), रंगमती शाही, कुन्दन काफ्ले, नैनसिंह महर, गुरु बराल, आङ्गेलु शेर्पा, उमेशजंग रायमाझी, डा डिला संग्रौला र सरिता प्रसाईंलाई जिम्मेवारी दिइएको कांग्रेसले जनाएको छ । उनीहरुले काठमाडौंको मोर्चा सम्हाल्ने छन् ।

ललितपुरका ३ क्षेत्रमा उमाकान्त चौधरी, देवेन्द्रराज कँडेल र अर्जुन जोशी खटिने भएका छन् । कांग्रेसले भक्तपुरका २ वटा क्षेत्रका लागि इन्द्र बानियाँ र गणेश लामालाई प्रतिनिधि बनाएर फिल्डमा पठाएको छ ।

पार्टीले तोकेका प्रतिनिधिले क्षेत्रगत बैठक गर्ने, प्रदर्शनको तयारी, कार्यकताई प्रशिक्षित गर्नेछन् । उनीहरुले आफु खटिएको क्षेत्रबाट बढीभन्दा बढी कार्यकर्तालाई सडकमा उतार्न पहल गर्ने छन् ।

बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सहकारी पीडितको रकम फिर्ता, संसदीय छानबिन समितिको माग, गृहमन्त्री रवि लामिछानेको अभिव्यक्ति लगायतका मुद्दा बनाएर सडक प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved