प्रतिनिधि सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

नेपालभ्युज

प्रतिनिधि सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

काठमाडौं । प्रतिनिधि सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ ।

शुक्रबार बसेको बैठकमा विपक्षी दलहरुले सुरुदेखि नै अवरोध गरेपछि स्थगित भएको हो । अर्को बैठक जेठ १३ गते बिहान ११ बजे बस्ने सभामुख देवराज घिमिरेले जानकारी दिए ।

यसअघि शुक्रबार बिहान बसेको विपक्षी दलहरुको बैठकले पनि संसद् अवरोध जारी राख्ने निर्णय गरेको थियो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनु पर्ने माग गर्दै आइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved