११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक अनिश्चित

नेपालभ्युज

११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक अनिश्चित

काठमाडौं । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक अनिश्चित भएको छ ।

संसदीय समितिको कार्यादेश तय गर्न बसेको कार्यदलको बैठकमा सहमति नभएपछि प्रतिनिधि सभा बैठक तत्काल बस्ने सम्भावना नरहेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

शुक्रबारको बैठकमा नीति तथा कार्यक्रममा छलफल गर्दै पारित गर्ने कार्यसूचि थियो ।

तर कार्यदलमा सहमति नजुटेपछि प्रतिनिधि सभा बैठकमा अवरोध हुन सक्ने सम्भावना छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved