विपक्षी दलको बैठक देउवा निवास बुढानिलकण्ठमा

नेपालभ्युज

विपक्षी दलको बैठक देउवा निवास बुढानिलकण्ठमा

काठमाडौं । कांग्रेस लगायतका विपक्षी दलहरूको बैठक जारी छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यकक्षमा बैठक बसिरहेको हो ।

केही समययता कांग्रेस, राप्रपा, जसपा नेपाल, लोसपा तथा राजमोले बैठक बसेर साझा धारणा तय गर्दै आएका छन् ।

पछिल्ला बैठकहरूमा सत्ता पक्षले पेलेर सदनको कार्यसूची अगाडि बढाइरहेको छ । विपक्षी दलहरूले त्यसको विरोध गर्दै आएका छन् ।

शुक्रबार पनि नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची छ । संसदीय समितिको टीओआरमा सहमति बन्न नसकेकाले कांग्रेसले अवरोध गर्ने र सभामुखले त्यसलाई बेवास्ता गर्दै कार्यसूची अगाडि बढाउने सम्भावना छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved