म्यानमारमा नेपाली राजदूतावासले मनायो बुद्ध जयन्ती 

नेपालभ्युज

म्यानमारमा नेपाली राजदूतावासले मनायो बुद्ध जयन्ती 

काठमाडौं । म्यानमारस्थित नेपाली राजदूतावासले २५६८ औं बुद्ध जयन्ती मनाएको छ । बिहीबार दूतावास प्राङ्गणमा भगवान् गौतम बुद्धको मूर्तिको प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न गर्दै बुद्ध जयन्ती मनाएको हो ।

जसका लागि यांगुनस्थित बनारसी नेपाली विहारका नौ जना भिक्षुहरूलाई आमन्त्रण गरिएको थियो ।

कार्यक्रममा म्यानमारका लागि अन्य देशका राजदूत, यांगुनस्थित कूटनीतिक नियोगका पदाधिकारीहरू, संयुक्त राष्ट्र संघका पदाधिकारीहरू, नेपाल धार्मिक गोर्खा संघका अध्यक्ष, म्यानमार पर्यटन संघका अध्यक्ष, बोधगया तीर्थयात्रा कार्यसमितिका अध्यक्ष लगायत नेपाली समुदायको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै म्यानमारका लागि नेपालका राजदूत महामहिम हरिश्चन्द्र घिमिरेले भगवान् बुद्धले देखाएको आठ सत्य मार्गहरुका बारेमा प्रकाश पारे ।

बुद्धको जन्मस्थल लुम्बिनी रहेको देश नेपाल र ९० प्रतिशत जनसङ्ख्या बुद्धधर्मालम्वी रहेको म्यान्मारबीच ऐतिहासिक सम्बन्ध रहेको विषयमा चर्चा गरे । कार्यक्रममा भिक्षुहरूले धर्म देशना गर्नुका साथै राजदूतावासबाट भिक्षुहरूलाई चिवर दान समेत गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved