पशुपतिनाथका चारवटै ढोका खुल्ला

नेपालभ्युज

पशुपतिनाथका चारवटै ढोका खुल्ला

काठमाडौं । आजदेखि पशुपतिनाथका चारवटै ढोका खुला भएको छ । दशनार्थीको सङ्ख्या बढ्दै गएकाले चारवटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोषका प्रवक्ता रेवतीरमण अधिकारीले भने, “यसअघि पशुपतिनाथ मन्दिरमा भट्टहरू प्रवेश गरेपछि बिहान ८ः३० बजेपछि मात्रै बाँकी तीनवटा ढोका खोलिने गरिएकामा आजदेखि चारवटै ढोका बिहान ४ बजे नै खोलिने भएको हो ।”

चारवटै ढोका खोलिएपछि अहिले पशुपतिनाथको दर्शनका लागि भक्तजनहरूको कोरक्षेत्रमा लाइन बढेको र दर्शन गर्न पनि सहज भएको प्रवक्ता अधिकारीको भनाइ छ ।

अहिलेसम्म पशुपतिनाथको पश्चिमतर्फको ढोका बिहान ४ बजेदेखि खुला हुने र उत्तर, पूर्व र दक्षिणका ढोका बिहान ९ः३० बजेदेखि ११ः३० सम्म खुला गरिँदै आएको थियो । यसअघि महाशिवरात्रि, हरितालिका तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरको चार वटा ढोका बिहान ४ बजेदेखि खोल्ने गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved