भेरी नदीमा डुबेर दुई जना बेपत्ता

नेपालभ्युज

भेरी नदीमा डुबेर दुई जना बेपत्ता

सुर्खेत ।  सुर्खेतमा पौडी खेल्ने क्रममा भेरी नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् ।  शनिवार  दिउँसो ३:४५ बजेको समयमा वीरेन्द्रनगर-२ चोक्टेस्थित भेरी नदीमा नुहाउने क्रममा डुबेर दुई जना बेपत्ता भएका हुन्।

बेपत्ता हुनेमा कालिकोट घर भई हाल सुर्खेत वीरेन्द्रनगर-७ खजुरा बस्ने वर्ष १९ का विनोद केसी र सोही ठाउँ बस्ने वर्ष १६ का  भूपेन्द्र के.सी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए।

उनका अनुसार अत्यधिक गर्मी भएपछि उनीहरू पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएको भन्ने खबर प्राप्त हुना साथ उक्त स्थानमा प्रहरी चौकी रानीघाटबाट प्रहरी सहायक निरीक्षक जसपाल बुढाथोकीको कमाण्डमा ४ जनाको प्रहरी टोली खटिएर खोजी कार्य गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved