बिरामी परे साउदीका राजा सलमान

नेपालभ्युज

बिरामी परे साउदीका राजा सलमान

काठमाडौं । साउदी अरबका राजा सलमान बिन अब्दुल अजिज अल साउदको स्वास्थ्य अवस्था बिग्रिएको छ ।

८८ वर्षीय सलमान फोक्सोको रोगबाट पीडित छन् ।

सलमानको राजधानी रियादको एक अस्पतालमा उपचार भइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

राजा बिरामी भएपछि साउदी राजकुमार मोहम्मद बिन सुल्तानले टोकियोको भ्रमण पछाडि सारेका छन् ।

राजा सलमानले ७९ वर्षको उमेरमा सन् २०१५ मा साउदी अरबको राजगद्दी सम्हालेका थिए । यसअघि सलमानका सौतेनी भाइ राजा अब्दुल्लाह सिंहासनमा थिए ।

राजा सलमान ४८ वर्षसम्म रियाद प्रान्तको गभर्नर थिए। त्यसपछि उनी सन् २०११ मा रक्षामन्त्री भए । त्यसको एक वर्षपछि सलमानलाई युवराज बनाइयो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved