सिरोहियाबारे थप अनुसन्धानको लागि म्याद माग्दै प्रहरी अदालतमा, बहस गर्न वरिष्ठ अधिवक्ता पुगे जनकपुर

नेपालभ्युज

सिरोहियाबारे थप अनुसन्धानको लागि म्याद माग्दै प्रहरी अदालतमा, बहस गर्न वरिष्ठ अधिवक्ता पुगे जनकपुर

काठमाडौं । धनुषा प्रहरीको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्षमा बहस गर्न वरिष्ठ अधिवक्ताहरू जनकपुरधाम पुगेका छन् ।

वरिष्ठ अधिवक्ता शम्भु थापा, मधेश प्रदेशका पूर्व मुख्य न्यायाधीवक्ता दीपेन्द्र झा, वरिष्ठ अधिवक्ताहरू सिताराम भट्टराई, शेरबहादुर केसी, रमण श्रेष्ठ, गोविन्द बन्दी, रमण कर्ण जिल्ला अदालत पुगेका हुन् ।

धनुषा जिल्ला अदालतले प्रहरीलाई अनुसन्धान गर्न तीन दिनको म्याद दिएको थियो । आज प्रहरीले पुनः म्याद थप्न सिरोहियालाई अदालत ल्याएपछि उनको पक्षमा बहस गर्न वरिष्ठ अधिवक्ताहरू जनकपुरधाम पुगेका हुन् ।

नागरिकता प्रकरणमा सिरोहिया पक्राउ परेका हुन् । तर, सहकारीको करोडौँ रकम ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे समाचार लेखेको प्रतिशोधमा पक्राउ गरिएको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले दाबी गर्दै आएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved