जनप्रतिधिलाई बजार अनुगमन गराउँदै एमाले

नेपालभ्युज

जनप्रतिधिलाई बजार अनुगमन गराउँदै एमाले
फाइल तस्वीर

काठमाडौं। नेकपा (एमाले) ले आफ्ना स्थानीय तहका जनप्रतिनिधिलाई बजार अनुगमन गराउने भएको छ।

एमाले उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आज आयोजना गरेको कार्यक्रममा उपमहासचिव प्रदीप ज्ञवालीले अहिले आकाशिएको मूल्य वृद्धिबारे आफ्ना जनप्रतिनिधिलाई अनुगमन गराउने बताएका हुन्।

उनले आफूले जितेका स्थानीय तहमा जनप्रतिनिधि भएको ठाउँको मूल्य नियन्त्रण गर्न बजार अनुगमन गराइने जानकारी दिए। नेता ज्ञवालीले राज्यको नियामक निकाय कमजोर हुँदा बिचौलियाको चलखेल भएर उपभोग्य बस्तुको मूल्य आकाशिएको बताए। उनले सबैले उपभोक्ताका साझा मुद्दा बनाएर मूल्य नियन्त्रण गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा सुशासन विभागका प्रमुख यज्ञराज सुनुवारले सरकारले महँगी नियन्त्रण गर्न नसकेको आरोप लगाए। कार्यक्रममा सुशासन विभागका सदस्य कुमारी खरेलले पछिल्लो एक वर्षमा देशका प्रमुख आर्थिक सूचक, खाद्य तथा पेयपदार्थ र इन्धनको मूल्यवृद्धिको अवस्था, दैनिक उपभोग्य खाद्य वस्तु, निर्माण सामग्री र पिछडिएको क्षेत्र कर्णालीको मूल्यवृद्धिको अवस्थाका बारेमा पनि जानकारी गराएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved