प्रचण्डको भारत भ्रमण लक्षित भीम रावलको टिप्पणी : कति निरीह !

‘झुकनीति प्रवृत्तिबाट देशको कूटनीति मुक्त हुनुपर्छ’

नेकपा एमालेका नेता भीम रावलले झुकनीतिको आशे र दासे प्रवृत्तिबाट देशको कुटनीति मुक्त हुनुपर्ने बताएका छन्।

नेपालभ्युज

प्रचण्डको भारत भ्रमण लक्षित भीम रावलको टिप्पणी : कति निरीह !
फाइल तस्वीर

काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले झुकनीतिको आशे र दासे प्रवृत्तिबाट देशको कूटनीति मुक्त हुनुपर्ने बताएका छन्।

शुक्रबार भारत भ्रमण जानुपूर्व नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत भेट तय भएको बताएका थिए। तर अन्तिम समयमा सम्भव नभएको भन्दै मोदीले उनीसँग भेट गरेनन्। के कारणले भेटेनन् भन्ने आफूलाई समेत थाहा नभएको प्रचण्डको भनाइ थियो।

प्रचण्डको भारत भ्रमण र मोदीसँग भेट नभएकोबारे टिप्पणी गरेका हुन्। रावलले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘‘झुकनीतिको आशे र दासे प्रवृत्तिबाट देशको कूटनीति मुक्त हुनुपर्छ । देशले के उपलब्धि पायो भनी मूल्याङ्कन नगरी कति मान,सेवा,सुविधा दिइयो भन्ने स्वयं प्रशंसा सतही कूटनीतिको उडन्ते चरित्र। भारतीय कांग्रेसको पछि लाग्दा भारतीय क।पा।को अवसानबाट नेपाली कम्युनिष्ट नेताले सिक्ने कि ?’’

यस्तै उनले भारतसामु प्रचण्ड निरीह भएको समेत टिप्पणी गरे। उनले भने, ‘‘उच्च तहको भ्रमणमा भेटवार्ता र विषयवस्तु पहिल्यै निर्धारण हुन्छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दिल्ली भ्रमणमा भारतीय प्रमंसग अन्तिममा भेट हुनसकेन भनी स्वयं ‘प्रचण्ड’जीले भनेको सुनियो । कति निरिह, स्वाभिमानहीन र कच्चा कूटनीति ! यस्तो प्रवृत्तिबाट नेपालको राजनीति र कूटनीतिलाई जोगाऔँ।’’

प्रचण्डको भ्रमणपछि भीम रावलको तीन ट्विट : 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved