राष्ट्रिय सभामा प्रश्न : उपसभामुखको निर्वाचन तय हुँदा उपाध्यक्षतर्फ ध्यान किन दिइएन ?

राष्ट्रिय सभाका सांसद डा. बेदुराम भुसालले संविधानले कल्पना गरेको दुई सदनात्मक संसदीय व्यवस्थाका दुई सदनलाई विभेद् नगर्न अनुरोध गरेका छन्।

नेपालभ्युज

राष्ट्रिय सभामा प्रश्न : उपसभामुखको निर्वाचन तय हुँदा उपाध्यक्षतर्फ ध्यान किन दिइएन ?

काठमाडौं। राष्ट्रिय सभाका सांसद डा. बेदुराम भुसालले संविधानले कल्पना गरेको दुई सदनात्मक संसदीय व्यवस्थाका दुई सदनलाई विभेद् नगर्न अनुरोध गरेका छन्।

सञ्चारमाध्यामले समाचार प्रकाशन प्रशारण गर्नेदेखि निर्णय र निर्देशन कार्यान्वयनमासमेत उपेक्षा गरिएको गुनासो गरे।

सांसद भुसालले प्रतिनिधिसभाले गरेका कमजोरी सच्याउने राष्ट्रियसभा भएकाले संविधानले दिएको अधिकार प्रयोग गर्नबाट रोकेर सभालाई उपेक्षा गर्ने कुरा स्वीकार गर्न नसकिने स्पष्ट पारे।

दुबै सदनको बैठक भएका बेला सञ्चारमाध्यामले पनि प्रतिनिधिसभाको मात्रै समाचार बजाउने गरेको आरोप लगाए। राष्ट्रियसभाको विशेष समयमा बोल्दै भुसालले राष्ट्रियसभाको उपाध्यक्षको पद किन पूर्ति नभएको भनी प्रश्न गरे।

उनले भने, “प्रतिनिधिसभामा उपसभामुखको निर्वाचन हुन लागेको छ तर यता ध्यान दिइएन। समितिका सभापति पद खाली छ, त्यसमा पनि ध्यान गएको छैन। दलका नेता र सचेतकमा समेत कुनै ध्यान गएन।”

नेपालको संविधानको धारा ८३ ले दुई सदनात्मक संघीय संसद् हुने भनेर उल्लेख गरे पनि व्यवहारमा प्रतिनिधिसभा विशेष हो र राष्ट्रिय सभा गौण हो भन्ने व्यवहार पाउने गरिएको उनले बताए।

प्रतिनिधिसभामा २०७६ मा दर्ता भएको विधेयक यसै थन्क्याएर राखिएको र अहिले राष्ट्रियसभामा छिट्टै अघि बढाउन दबाब आइरहेको सन्दर्भ जोड्दै उनले यस्ता व्यवहार स्वीकार गर्न नसकिने बताए। नयाँ विधेयक छलफल नै नगरी लैजान नहुने तर्क उनको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved