जसपा केन्द्रीय समितिको विस्तारित बैठक बस्दै

नेपालभ्युज

जसपा केन्द्रीय समितिको विस्तारित बैठक बस्दै

काठमाडौं। जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय समितिको विस्तारिक बैठक बस्ने भएको छ। काठमाडौंमा असार २८ र २९ गते बैठक बस्ने तय भएको छ।

छलफल हुने विभिन्न एजेण्डाहरु तय गरी बैठकको सूचना सबै पदाधिकारी, केन्द्रीय सदस्य, तथा संघीय परिषद सदस्यलाई पठाइएको जसपा नेपालले जनाएको छ।

जसपाको केन्द्रीय समितिको विस्तारित बैठकको एजेण्डाहरुमा पार्टीको आन्तरिक अबस्थाबारे छलफल, स्थानीय निर्वाचनको समीक्षाबारे छलफल, संगठनबारे छलफल, आगामी कार्ययोजनाबारे छलफल हुने जनाइएको छ।

बैठकले समसामयिक विषयमा राजनीतिक प्रतिवेदन पनि तय/ पेश गर्ने पनि बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved