‘भान्साको फोहोर व्यवस्थापन उनीहरू आफैंले गर्न नसक्दा समस्या भयो’

नेपालभ्युज

‘भान्साको फोहोर व्यवस्थापन उनीहरू आफैंले गर्न नसक्दा समस्या भयो’

काठमाडौं। फोहोरको व्यवस्थापनमा नागरिकको दायित्व बुझाउन नसक्दा समस्या देखिएको शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बताएकी छन्।

आज मन्त्रालयगत बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले शहरबासीले भान्साबाट निस्केको फोहोर व्यवस्थापन उनीहरू आफैंले गर्ने भन्ने बुझाउन नसक्दा समस्या आएको बताइन्।

“तिमीले गरेको फोहोरको विसर्जन तिम्रै पैसाबाट गर्ने हो भनी हामीले बुझाउन सकेनौं। यसलाई बुझाउन सकेको भए प्रत्येक परिवारले कम फोहोर निकाल्न कोशिस गर्ने थिए”, मन्त्री झाँक्रीले भनिन्, “फोहोरलाई किचनबाटै कम निकाल्ने कार्य हुने थियो। फोहोरको वर्गीकरण भान्सामै भएको भए थोरै फोहोर आउने थियो। ८० प्रतिशत फोहोर ल्याण्डफिल साइटमा जाने थिएन।”

सिसडोलमा दुई वर्षका लागि प्रयोगमा ल्याइएको ल्याण्डफिल साइटमा १७ वर्षसम्म फोहोर खसाल्दा समस्या आएको उनको भनाइ थियो। त्यस्तै यसअघि नै तयार भइसक्नुपर्ने बञ्चरे डाँडाको ल्याण्डफिल साइट पनि विभिन्न कारणले समयमा तयार नहुँदा फोहोर व्यवस्थापनमा समस्या भएको मन्त्री झाँक्रीले बताइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved