अर्थमन्त्रीको खण्डन – बजेटमा अनधिकृत व्यक्तिको प्रवेश कपोलकल्पित

नेपालभ्युज

अर्थमन्त्रीको खण्डन – बजेटमा अनधिकृत व्यक्तिको प्रवेश कपोलकल्पित
फाइल तस्वीर

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री शर्माले अनधिकृतले बजेट बनाएको भन्ने समाचार कपोलकल्पित र झुटो भएको दाबी गरे।

‘‘बजेट निर्माण गर्दा राजस्वको दर परिवर्तन गर्न कुनै मान्छे रातको १२ बजे आएर चलखेल गर्‍यो भन्ने कुरा आएको छ। यो अत्यन्त भ्रामक, कपोलकल्पित झुटा एउटा झुटा कथा बनाइएको छ’’, संसद्मा उनले भने, ‘‘यसको म खण्डन गर्न चाहन्छु, खारेज गर्न चाहन्छु। मन्त्रालयका जिम्मेवार पदाधिकारीहरुकै नेतृत्वमा आधिकारीक ढंगले काम भएको छ।’’

अर्थमन्त्रीले बजेट निर्माणको अघिल्लो रात अनधिकृत मान्छे ल्याएर करको दर हेरफेर गरेको विषय सञ्चार माध्यममा आएको थियो। चलखेलको विषय सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले संसद्मा विरोध गरेका छन्। यस विषयमा छानबिन गर्न एमाले सांसदले माग गरेका छन्।

अनधिकृत मान्छेलाई करको दर परिवर्तन गर्न लगाएर अर्थमन्त्रीले राष्ट्रमाथि नै गद्दारी गरेको सांसदको आरोप छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved