एमाले सांसदद्वारा अर्थमन्त्रीको राजीनामा माग

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले भने, ‘‘करको विषय निकै गोपनीय विषय हो। यस्ता गोपनीयताहरु बाहिर सार्वजनिक गर्ने, साँठगाँठ गर्ने कुराहरु गम्भीर अपराध मानिन्छन्। यसबारेमा छानबिन हुनुपर्छ।’’

नेपालभ्युज

एमाले सांसदद्वारा अर्थमन्त्रीको राजीनामा माग

काठमाडौं। नेकपा (एमाले) का सांसदले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा पूर्वअर्थमन्त्री समेत रहेका सांसद सुरेन्द्र पाण्डेले अर्थमन्त्रीबारे विभिन्न चलखेलका प्रश्नहरु उठिरहँदा पदमा बस्न नैतिकताले नदिने बताए।

गम्भीर विषयमा प्रश्न उठेपछि अर्थमन्त्री त्यो पदमा बस्न लायक हुनुहुन्छ ? भन्दै उनले प्रश्न गरे। सांसद पाण्डेले भने, ‘‘करको विषय निकै गोपनीय विषय हो। यस्ता गोपनीयताहरु बाहिर सार्वजनिक गर्ने, साँठगाँठ गर्ने कुराहरु गम्भीर अपराध मानिन्छन्। यसबारेमा छानबिन हुनुपर्छ।’’

बजेट निर्माणका शिलशिलामा अनधिकृत मान्छे ल्याएर कर दरमा गडबडी गरेको गम्भीर प्रश्न उठ्दा समेत अर्थमन्त्रीले संसद्मा कुनै जानकारी नगराउनु आपत्तिजनक भएको बताए।

सोमबार अर्थमन्त्री शर्माले बजेट भाषणको अघिल्लो रात आफ्ना रघुनाथ घिमिरे नाम गरेका पूर्वनायब सुब्बालाई ल्याएर राजस्व दरमा तलमाथि गरेको समाचार एक सञ्चार माध्यममा प्रकाशित भएको थियो। घिमिरेले अर्थ मन्त्रालयकै भन्सार विभागबाट २०७५ फागुन १ गते पदबाट राजीनामा दिएका थिए।

अर्थ मन्त्रालयले भने सोमबार नै विज्ञप्ति निकालेर समाचारको खण्डन गरिसकेको छ। १४ जेठ राति बजेट तर्जुमाका क्रममा तोकिएका जिम्मेवार पदाधिकारीहरूबाहेक अरू कसैको सहभागिता नरहेको विज्ञप्तिमा उल्लेख छ।

अर्थमन्त्रीले चलखेल गरेको समाचार सार्वजनिक भएपछि उनीमाथि पार्टीभित्र र बाहिर सबैतिरबाट राजीनामाको दबाब बढेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved