जिसस दार्चुलामा गठबन्धन विजयी

सत्ता गठबन्धनबाट प्रमुखमा नेपाली कांग्रेसका महादेव बडू (कश्यप) र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) का अमर सिंह ठगुन्ना विजयी भएका हुन्।

नेपालभ्युज

जिसस दार्चुलामा गठबन्धन विजयी

धनगढी। दार्चुलाको जिल्ला समन्वय समितिमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

सत्ता गठबन्धनबाट प्रमुखमा नेपाली कांग्रेसका महादेव बडू (कश्यप) र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) का अमर सिंह ठगुन्ना विजयी भएका हुन्।

कांग्रेसका प्रमुखसहित ५ र माओवादीका उपप्रमुखसहित ४ सदस्य निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

सदस्यमा गठबन्धनबाट नेपाली कांग्रेसका पुस्कर सिंह धामी, खडक सिंह धामी र बलदेव सिंह ठगुन्ना, महिला सदस्य सरस्वती सार्की, दलित सदस्यमा कमला सुनार निर्वाचित भएका छन्।

यस्तै महिला सदस्यमा माओवादीका असमती टमटा र गौरी टमटा निर्वाचित भएका छन्।

गठबन्धनका उम्मेदवारहरुले १० मत ल्याएर विजयी भएका हुन्। प्रतिस्पर्धीका रुपमा रहेका एमाले उम्मेदवारहरुले ८ मत पाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved