विकासका लागि समन्वय र सहकार्य आवश्यक : मुख्यमन्त्री राउत

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले समृद्धि र विकासका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्।

नेपालभ्युज

विकासका लागि समन्वय र सहकार्य आवश्यक : मुख्यमन्त्री राउत

जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले समृद्धि र विकासका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्।

प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र मधेश प्रदेशद्वारा स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेशको विकासका लागि तीनै तहबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए।

‘‘मधेशलाई समृद्ध बनाउन गरिने विकास निर्माणको कार्यहरु स्थानीय तह मातहतकै गाँउ ठाउँमा गर्नुपर्छ,’’ उनले भने, ‘‘तीनै तहको समन्वय र सहकार्यविना समृद्धि र विकास सम्भव छैन। काँधमा काँध मिलाएर सबै अघि बढ्नुपर्छ।’’

विगतमा संघीय सरकारले कर्मचारी समायोजन तथा वित्तिय बाँडफाँडमा गरेको विभेदका कारण स्थानीय तहलाई विभिन्न समस्याहरु झेल्नु परेको अवगत गराउँदै उनले अबको दिनमा सुधार गर्न संघीय सरकारसँग आग्रह गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved