जिसस बैतडीमा कांग्रेसका धामी नेतृत्वको गठबन्धन विजयी

जिल्ला समन्वय समितिमा नेपाली कांग्रेसका खगेन्द्रसिंह धामी नेतृत्वको पूरै समूह विजयी भएको छ।

नेपालभ्युज

जिसस बैतडीमा कांग्रेसका धामी नेतृत्वको गठबन्धन विजयी

बैतडी। जिल्ला समन्वय समितिमा नेपाली कांग्रेसका खगेन्द्रसिंह धामी नेतृत्वको समूह विजयी भएको छ।

नेतृत्वका चयनका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र स्वतन्त्रबीच गठबन्धन भएकामा नेकपा (एमाले) ले भने एक्लै चुनाव लडेका थियो। मङ्गलबार सम्पन्न निर्वाचनको सार्वजनिक मतपरिणामअनुसार प्रमुखमा धामीले १२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी एमालेका मोहनबहादुर थापाले आठ मत प्राप्त गरे।

उपप्रमुखमा माओवादीका दमनबहादुर कुँवर विजयी भएका छन्। कुँवरले १० मत प्राप्त गर्दा प्रतिस्पर्धी एमालेका हेमा भट्ट (कपाडी) ले आठ मत प्राप्त गरे। उपप्रमुखका दुई मत बदर  भएको थियो।

समन्वय समितिका सदस्यहरुमा पनि गठबन्धनकै उम्मेदवार विजयी भएका छन्। तीन खुला सदस्यमा नेपाली कांग्रेसका करनसिंह कठायत र दानबहादुर विष्ट तथा माओवादीका प्रेमसिंह भाट विजयी भएका छन्। तीन महिला सदस्यमा नेपाली कांग्रेसका दुई नेपाली तथा माओवादीका एक सदस्य विजयी भए।

एक जना दलित सदस्यमा गठबन्धनका तर्फबाट स्वतन्त्रका हरना सार्की विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

नवनिर्वाचित जिल्ला समन्वय समिति प्रमुख खगेन्द्रसिंह धामीलाई आज जिल्ला न्यायधीश तिलकबहादुर कार्कीले प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराउने छन्।

दश स्थानीय तह रहेको जिल्ला समन्वय समितिमा नेपाली कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्र गठबन्धनसँग १२ मतभार थियो भने एमालेसँग आठ मतभार थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved