नछुट्याएको फोहोर अब महानगरले संकलन नगर्ने, फर्काइदिने !

कुहिने र नकुहिने नछुट्याइएको फोहोर अब महानगरले संकलन नगर्ने भएको छ।

नेपालभ्युज

नछुट्याएको फोहोर अब महानगरले संकलन नगर्ने, फर्काइदिने !

काठमाडौं। कुहिने र नकुहिने नछुट्याइएको फोहोर अब महानगरले संकलन नगर्ने भएको छ।

काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर आजदेखि उठाइँदैछ। शहरी विकासमन्त्री रामकुमारी झाँक्री, काठमाडौं महानगरका मेयर बालेन्द्र शाहसहित प्रभावित क्षेत्रका प्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरूको सहमतिमा फाहोर उठ्ने भएको हो।

आजबाट फोहोर उठ्ने जानकारी दिँदै मेयर शाहले अब कुहिने नकुहिने फोहोर नछुट्याए महानगरले संकलन नगर्ने, फर्काइदिने बताए।

महानगरले पहिलेका कमजोरी नदोहोर्‍याउने प्रतिबद्धता जनाउँदै उनले भने, ‘‘नछुट्याएको फोहोर महानगरले संकलन गर्ने छैन, फर्काइदिने छ। यसबाट पर्न सक्ने असुविधाका लागि माफी चाहन्छौँ। नछुट्टिएका फोहोर संकलन नगर्ने कुरामा हामी सम्झौता नगरौँ।’’

कुहिने र नकुहिने फोहोर छुट्याउँदा व्यवस्थापनमा सहज हुने र यसले स्वच्छ र स्वस्थ काठमाडौंमा बाँच्न पाइने उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved