राजविराजको मेयर र उपमेयर दुवै जसपाले जित्यो

नेपालभ्युज

राजविराजको मेयर र उपमेयर दुवै जसपाले जित्यो

जनकपुरधाम। सप्तरीको राजविराज नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार विजयी भएका छन्।

प्रमुखमा भीमराज यादवले ४ हजार ८१७ र उपमेयरमा इसरत प्रविण २ हजार ८३७ मतान्तरले निर्वाचित भए।

मेयरमा निर्वाचित यादवले ९ हजार ६२४ मत प्राप्त गरेकोमा उनको निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका शम्भुप्रसाद यादवले ४ हजार ८०७ प्राप्त गरे।

त्यस्तै उपमेयरमा निर्वाचित इसरतले कुल ७ हजार २६४ मत प्राप्त गरिन्। उपमेयर पदकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी शुशीलाकुमारी यादवले ४ हजार ४२७ मत प्राप्त गरिन्।

कुल १६ वडा रहेको राजविराज नगरपालिकामा जसपाले वडा नम्बर १, २, ३, ४, ५, ९, ११ र १६, माओवादीले वडा नम्बर ७, ८ र १०, लोसपाले वडा नम्बर ६ र १३ को वडाअध्यक्षमा विजय भए‍। नेकपा (एमाले) ले वडा नम्बर १४, नेकपा (एस) वडा नम्बर १२ र राप्रपाले वडा नम्बर १३ को वडा अध्यक्षमा विजय भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved