१२ को परीक्षा दिँदै गर्दा नक्कली परीक्षार्थी पक्राउ

नेपालभ्युज

१२ को परीक्षा दिँदै गर्दा नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं । नक्कली परीक्षार्थी बनेर कक्षा १२ को अङ्ग्रेजी विषयको परीक्षा दिएको आरोपमा एक युवा पक्राउ परेका छन् ।

शुक्रबार बिहान काठमाडौंको ठूलो भर्‍याङबाट उनी पक्राउ परेका हुन् ।

जाजरकोटको छेडागाड नगरपालिका–५ घर भई काठमाडौं बागबजार बस्दै आएका २३ वर्षीय आदेशजंग शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

नागार्जुन नगरपालिका–३ ठूलो भ¥याङस्थित रेन्बो इन्टरनेसनल कलेजमा शाहीले टंकबहादुर घर्तीको परीक्षा दिएको पाएपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved