राप्रपा नेता श्रेष्ठमाथि आक्रमण गरेको आरोपमा एक जना पक्राउ

नेपालभ्युज

राप्रपा नेता श्रेष्ठमाथि आक्रमण गरेको आरोपमा एक जना पक्राउ
ठाकुरमोहन श्रेष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ठाकुरमोहन श्रेष्ठमाथि आक्रमण गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कालिकोटको पलाताँ गाउँपालिका–९ घर भई काठमाडौंको निलोपुल बस्ने ३१ वर्षीय निराजन बम रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

बमलाई प्रहरी वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेको हो ।

गत फागुन २७ गते काठमाडौंको धुम्बाराहीस्थित पार्टी कार्यालयमा नेता श्रेष्ठमाथि आक्रमण भएको थियो ।

आफूमाथि आक्रमण भएको भन्दै श्रेष्ठले प्रहरी वृत्त महाराजगञ्जमा जाहेरी दिएका थिए ।

राप्रपा पार्टी कार्यालयबाहिर कुटाकुट, के भएको हो ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved