राप्रपा पार्टी कार्यालयमा कुटाकुट, के भएको हो ?

नेपालभ्युज

राप्रपा पार्टी कार्यालयमा कुटाकुट, के भएको हो ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कार्यालयमा कुटाकुट भएको छ । कार्यसम्पादन समितिको बैठकलगत्तै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यालयबाहिर कुटाकुट भएको हो ।

बैठकका निर्णयहरू सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । सम्मेलन सुरू नहुँदै कुटाकुट भएको हो । जुन, एजेन्सीहरूको भिडिओमा देखिन्छ ।

बैठक सकिएपछि पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, नेताहरू विक्रम थापा, रोशन कार्की, उद्धव पौडेल, ज्ञानेन्द्र शाहीलगायत बाहिने क्रममा थिए । त्यही बखत राप्रपाकै कार्यसम्पादन समिति सदस्य ठाकुरप्रसाद श्रेष्ठ दौडँदै कार्यालयभित्र छिरे, उनलाई केही युवाहरूले खेदिरहेका थिए ।

पछि बुझ्दा ती युवाहरू राप्रपा नेता विक्रम पाण्डे समर्थित रहेछन् । ती युवाहरूले श्रेष्ठलाई केही थप्पड हाने । त्यसपछि उनीहरूलाई राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङ, दीपक सिंहलगायतले रोके ।

राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले बताएअनुसार ठाकुरमोहन बैठकमा प्रयोग गरेको शब्दका कारण कुटिएका हुन् ।

“हाम्रो पार्टीका कार्यसम्पादन समिति सदस्य ठाकुरमोहन श्रेष्ठ कुटिनुभएको हो,” प्रवक्ता श्रेष्ठले नेपालभ्युजसँग भने, “बैठकमा उहाँले केही शब्द प्रयोग गर्नुभएको थियो । त्यसकै कारण कुटिनुभएको हो भन्ने भन्ने बुझेका छौँ ।”

उनले घटनामा संलग्नलाई पार्टीले कारबाही गर्ने बताए । “अहिले सीसी क्यामेर फूटेज हेर्दैछौँ,” उनले भने, “फूटेजका आधारमा संलग्नलाई कारबाही गर्छ पार्टिले ।”

विक्रम पाण्डेलाई ‘भ्रष्टाचारी’ भनेपछि कुटिए ठाकुरमोहन श्रेष्ठ !


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved