काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कार्यालयबाहिर कुटिने व्यक्ति राप्रपाकै कार्यसम्पादन समिति सदस्य ठाकुरमोहन श्रेष्ठ भएको खुलेको छ ।
आइतबार राप्रपाको कार्यसम्पादन समिति बैठक बसेको थियो । बैठकमा धारणा राख्ने क्रममा ठाकुरमोहनले पूर्वमन्त्रीसमेत रहेका राप्रपा नेता विक्रम पाण्डेलाई ‘भ्रष्टाचारी’ भनेका थिए ।
यसपछि बैठक सकिएलगत्तै विक्रम समर्थित कार्यकर्ताहरू ठाकुरमोहनमाथि जाइलागेका हुन् ।
राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले बताएअनुसार ठाकुरमोहन बैठकमा प्रयोग गरेको शब्दका कारण कुटिएका हुन् ।
राप्रपा पार्टी कार्यालयबाहिर कुटाकुट, के भएको हो ?
“हाम्रो पार्टीका कार्यसम्पादन समिति सदस्य ठाकुरमोहन श्रेष्ठ कुटिनुभएको हो,” प्रवक्ता श्रेष्ठले नेपालभ्युजसँग भने, “बैठकमा उहाँले केही शब्द प्रयोग गर्नुभएको थियो । त्यसकै कारण कुटिनुभएको हो भन्ने भन्ने बुझेका छौँ ।”
उनले घटनामा संलग्नलाई पार्टीले कारबाही गर्ने बताए । “अहिले सीसी क्यामेर फूटेज हेर्दैछौँ,” उनले भने, “फूटेजका आधारमा संलग्नलाई कारबाही गर्छ पार्टिले ।”
Facebook Comment
Comment