तस्वीरहरूमा हेर्नुहोस् भीम रावलको चुनावी घरदैलो

तस्वीरहरूमा हेर्नुहोस् भीम रावलको चुनावी घरदैलो

धनगढी। स्थानीय तहको निर्वाचन आउन अब तीन दिन बाँकी छ। एमाले उम्मेदवारलाई जिताउन एमाले नेता भीम रावल गृहजिल्ला अछाममा दैडधुपमा छन्। अछामबाट प्रतिनिधिसभा सासंद रहेका रावल एमालेका पूर्वउपाध्यक्ष हुन्।

पार्टी विभाजनसँगै १० औं महाधिवेशनमा केपी ओलीसँग अध्यक्षमा पराजित भएपछि पार्टीमा सल्लाहकारको जिम्मेवारी पाएका रावल कुनै ठूला सार्वजनिक कार्यक्रममा देखिएका छैनन्। यस अवधिका ओली दुई पटक सुदूरपश्चिम आइसकेका छन् भने रावल कुनै कार्यक्रममा सहभागी भएका छैनन्। तर पार्टीमा भने उनी सक्रिय भने छन्।

स्थानीय तहको चुनाव नजिकिएसँगै रावल पनि गृह जिल्लामा एमाले उम्मेदवारलाई भोट माग्न घरदैलो अभियानमा खटिएका छन्। नेता रावल हप्ता दिनदेखि अछाममै केन्द्रित छन्। आफ्नो गृह पालिकामा घरदैलो अभियान नै गरिरहेका छन्। यसबाहेक एमाले उम्मेदवारलाई जिताउन विभिन्न पालिकामा भइरहेका सभा समारोहमा सम्बोधन गर्दै मत मागिरहेका छन्।

गाउँको जनभेटघाटबाट प्रचार अभियानमा सहभागी भइरहेका छन्। घरदैलोसँगै टोल–टोलमा हुने चुनावी कोणसभालाई सम्बोधन गर्दै मत मागिरहेका छन्।

२५ वैशाखमा साँफेबगर नगरपालिका वडा नम्बर १४ पातलकोटमा एमाले र माओवादी केन्द्रको संयुक्त चुनावी आमसभालाई सम्बोधन गर्दै रावलले सच्चा कम्युनिष्टले कांग्रेसलाई भोट हाल्न नसक्ने बताएका थिए।

रावलको गृह जिल्लाका केही पालिकामा एमाले–माओवादी र केही पालिकामा एमाले–समाजवादीबीच पनि चुनावी तालमेल छ।

साँफेबगर नगरपालिकामा एमाले र माओवादीको तालमेल भएको छ। त्यहाँ माओवादीका उम्मेदवारहरू सूर्य चुनाव चिह्नबाटै लड्दै छन्। जसअनुसार पशुपति कुँवरलाई एमाले प्रमुखको उम्मेदवार बनाइको छ भने माओवादी तर्फबाट रणबहादुर थापाले उपप्रमुखमा उम्मेदवारी दिएका छन्।

उनीहरू दुवै सूर्य चुनाव चिह्नमा लड्ने गरी सहमति भएको छ। साँफेबगरमा माओवादीले वडासम्मै सूर्यबाट लड्ने गरी तालमेल भएको छ।

यस्तै मेल्लेख गाउँपालिकामा एमाले र एकीकृत समाजवादी पार्टीबीच चुनावी तालमेल भएको छ। मेल्लेखमा सत्तारुढ पाँच दलीय गठबन्धनका प्रमुख दल कांग्रेस र माओवादी केन्द्रले अलग गरेपछि समाजवादीले एमालेसँग तालमेल गरेको हो।

दुई दलबीचको सहमतिपछि मेल्लेखमा अध्यक्षमा एमालेका भीमबहादुर खड्का र उपाध्यक्षमा एकीकृत समाजवादीकी समिता महर साउदलाई साझा उम्मेदवार बनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved