परीक्षामा फेल भइन् एमाले नेतृ शान्ता चौधरी, भन्छिन्- दिमाग खराब गर्‍यो

नेपालभ्युज

परीक्षामा फेल भइन् एमाले नेतृ शान्ता चौधरी, भन्छिन्- दिमाग खराब गर्‍यो

काठमाडौं । नेकपा एमालेकी नेतृ शान्ता चौधरी स्नातक तहको पहिलो वर्षको परीक्षामा फेल भएकी छिन्।

सामाजिक सञ्जालमार्फत् चौधरीले आफू अंग्रेजी र ग्रामिण विकास (आरडी) विषयमा फेल भएको जानकारी दिएकी हुन्।

‘लौ जा ! यो पटक चाँही ब्याचलर फर्स्ट ईअरमै फेल भैयो है ! बुढेसकालको पढाइन पर्यो ! केहि छैन लडेर फेरि उठ्ने छु !’ चौधरीले भनिन् ।

उनले थपिन्, ‘हिम्मत गरेर अगाडि बढनु हुन अनुरोध गरे मैले मसँग फेल हुने मेरा प्यारा साथीहरूलाई, बधाई तथा शुभकामना छ पास हुने मेरा सम्पूर्ण साथीहरूलाई,अंग्रेजी र आरडी यो दुई वटा विषयले दिमाग खराब गर्‍यो।’

उनी हाल राजनीतिमा धेरै सक्रिय छैनन् । चौधरी अचार उद्योग खोलेर दाङमा व्यवसाय गरिरहेकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved