आइजीपी कुँवर विदेश रहेको बेला गृहमन्त्रीले गरे ६ एसएसपीको सरुवा

नेपालभ्युज

आइजीपी कुँवर विदेश रहेको बेला गृहमन्त्रीले गरे ६ एसएसपीको सरुवा

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ६ जना एसएसपीको सरुवा गरेका छन् ।

प्रहरी महानिरीक्षक (आईजीपी)वसन्त कुँवर देशबाहिर रहेको बेला गृहमन्त्री लामिछानेले एसएसपीहरूको सरूवा गरेका हुन् । कुँवर इन्टरपोलको महासभामा भाग लिन फ्रान्स गएका छन् ।

उनी गएपछि नै सरुवा निर्णय भएको गृहमन्त्रालय स्रोतले बताएको छ । काठमाडौं जिल्ला प्रहरी परिसरका एसएसपी भूपेन्द्र खत्रीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ ।

विभागमा रहेका वसन्त रजौरेलाई काठमाडौं प्रमुखको जिम्मेवारी दिइएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठोरलाई राष्ट्रिय सुरक्षा परिषद्मा सरुवा गरिएको छ । परिषद्मा रहेका सानुराम भट्टराई, राठोरको स्थानमा अपराध अनुसन्धान कार्यालय आएका छन् ।

प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयका एसएसपी अभयनारायण काफ्लेको पनि सरुवा भएको छ । उनको कोशी प्रदेश तालिम निर्देशनालयमा सरुवा भएको हो ।

कोशीमा रहेका एसएसपी राजन अधिकारीलाई काफ्लेको ठाउँमा हेडक्वार्टरको तालिम निर्देशनालयमा ल्याइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved