नवौँ राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक

खुल्ला प्रतिस्पर्धाबाट प्रतियोगिताको लोगो र मस्कट छनोट गरिएको हो। सार्वजनिक गरिएको लोगो र मस्कट भोलानाथ पौडेलले डिजाइन गरेका हुन्।

नेपालभ्युज

नवौँ राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक

काठमाडौं। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक भएको छ। राष्ट्रिय खेलकुद परिषद (राखेप)ले गण्डकी प्रदेशमा आयोजना हुने प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक गरेको हो।

‘एकताबद्ध देश, खेलकुदको सन्देश’ नारासहित आयोजना हुन लागेको प्रतियोगिताको लोगो र मस्कट युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज, राखेपका सदस्यसचिव टंकलाल घिसिङ, उपाध्यक्ष शिव कोइराला लगायतले सार्वजनिक गरे।

खुल्ला प्रतिस्पर्धाबाट प्रतियोगिताको लोगो र मस्कट छनोट गरिएको हो। सार्वजनिक गरिएको लोगो र मस्कट भोलानाथ पौडेलले डिजाइन गरेका हुन्।

लोगोमा माछापुच्छ्रे हिमाललाई रेखाकृतिमा राखिएको छ। आकाशे निलो रेखाले शान्तिको प्रतीक परेवालाई प्रतिविम्बित गरेको छ भने रातो रंगको ४ धर्साले परेवाको पखेटा र ट्रयाकलाई दर्शाएको छ। ४ धर्साले साविकको प्रदेश ४ लाई पनि दर्शाएको पौड्यालले जानकारी गराए। चन्द्रसूर्यले राष्ट्रिय ध्वजालाई प्रतिबिम्ति गर्नुका साथै सबै टिमको प्रतिनिधित्व गरेको छ।

मस्कटका रुपमा गण्डकी प्रदेशमा पनि पाइने लोपोन्मुख तथा संरक्षित प्राणी कस्तुरी मृग रहेको छ। प्रतियोगिताको नारा सुयोग्यराज काफ्लेले रचना गरेका हुन्।

लोगो डिजाइन गरेका पौडेलले पुरस्कारस्वरूप ५० हजार रुपैयाँ र मस्कट डिजाइन गरेवापत २५ हजार रुपैयाँ पाए। नारा बनाउने काफ्लेले १० हजार रुपैयाँ पाए।

नवौँ खेलकुद २२ जेठदेखि २८ गतेसम्म सञ्चालन हुनेछ। नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved