च्याम्पियन्स लिग : लिभरपुललाई ‘अण्डर डग’ भिल्लारियालको चुनौती

सेमिफाइनलको पहिलो लेग राति नेपाली समयअनुसार १२ः४५ बजे लिभरपुलको घरेलु मैदान एन्फिल्डमा हुँदैछ।

नेपालभ्युज

च्याम्पियन्स लिग : लिभरपुललाई ‘अण्डर डग’ भिल्लारियालको चुनौती

काठमाडौं। युरोपियन च्याम्पियन्स लिग फुटबलको दोस्रो सेमिफाइनलमा आज राति इंग्लिस क्लब लिभुरपुल र स्पानिस साइड भिल्लारियालबीच भिडन्त हुँदैछ।

सेमिफाइनलको पहिलो लेग राति नेपाली समयअनुसार १२ः४५ बजे लिभरपुलको घरेलु मैदान एन्फिल्डमा हुँदैछ।

सन् २०१९ को विजेता लिभरपुलले गत पाँच सिजनमा च्याम्पियन्स लिगको सेमिफाइनल खेलिरहेको यो तेस्रो पटक हो। यो सिजन शानदार फर्ममा रहेको लिभरपुल प्रमुख चार उपाधि जित्ने दाउमा छ।

लिग कपको उपाधि जितिसकेको लिभरपुलले एफए कपको पनि फाइनलमा भिडन्त गर्दैछ।

प्रिमियर लिगको उपाधि दौडमा पनि लिभरपुल र म्यानचेष्टर सिटीबीच कडा प्रतिस्पर्धा छ। प्रिमियर लिगमा अन्तिम पाँच खेल बाँकी रहँदा लिभरपुल लिग लिडर सिटीभन्दा मात्र एक अंकले पछाडि छ।

आजको खेलमा लिभुरपुलले तुलनात्मक रुपमा कमजोर भिल्लारियाललाई दबाबमा राख्ने सबैको अनुमान छ। तर, क्वाटरफाइनलमा जर्मन क्लब बार्यन म्युनिख र अन्तिम १६ मा इटालियन साइड युभेन्टस्लाई हराएर तहल्का मच्चाएको ‘अण्डर डग’ भिल्लारियाल पनि कमजोर भने देखिँदैन।

खुट्टाको चोटका कारण लिभरपुलका ब्राजिलिएन फरवार्ड रोबोर्टो फर्मिनोले यो खेल गुमाउने सम्भावना छ। उता भिल्लारियाललाई पनि स्पानिस स्ट्राइकर जेरार्ड मोरानो चोटका कारण टिममा नहुनु प्रमुख चिन्ताको विषय छ।

यसअघि, यी दुई क्लबबीच मात्र दुई पटक भेट भएको छ। जुन भेट सन् २०१६ को युरोपा लिगको सेमिफाइनलमा भएको थियो। सेमिफाइनलको पहिलो लेग लिभरपुलले ३–१ ले जितेको थियो भने दोस्रो लेगमा भिल्लारियाल १–० ले विजयी भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved