दायराभन्दा बाहिर हाबी बन्दै अलमुताइरी

नेपालभ्युज

दायराभन्दा बाहिर हाबी बन्दै अलमुताइरी

काठमाडौं। राष्ट्रिय टोलीको खेल वा प्रशिक्षणमा प्रशिक्षक सर्वेसर्वा हुन्। प्रशिक्षकको निर्देशनमा खेलाडीको खेल्ने शैली बन्छ। तर फुटबलका प्रशिक्षक अबदुल्ला अलमुताइरी खेल वा प्रशिक्षणमा मात्र होइन अन्य विषयमा पनि हाबी हुने गरेका छन्।

शनिबार खेलाडीसँगको पत्रकार सम्मेलनमा पनि उनै बढी सक्रिए भए। त्यति मात्र होइन पत्रकार सम्मेलनअघि नै उनले सञ्चारकर्मीलाई खेलाडीसँग एन्फा निर्वाचन, एनएसएल र क्लबका प्रशिक्षकका बारेमा नसोध्न भने। जुन उनको दायराभन्दा बाहिर थियो।

दुई चरणमा पत्रकार सम्मेलनमा खेलाडी उपस्थित गराएका अलमुताइरीले एउटा सत्रका लागि १० मिनेट दिएका थिए। पहिलो सत्रमा अधिकांश प्रश्नको जवाफ खेलाडी सुजल श्रेष्ठले दिएपछि बाँकी ३ खेलाडीलाई सोध्न नपाउँदै अलमुताइरीले समय सकिएको भन्दै खेलाडीलाई बाहिर पठाए। उनको त्यो प्रस्तुतिले उपस्थित पत्रकार रनभुल्ल बने।

सबै पेशाका आ-आफ्नो दायित्व र मर्यादा हुन्छन्। सार्वजनिक चासोको विषयमा प्रश्न गर्ने अधिकार पत्रकारसँग रहन्छ। तर, पत्रकार सम्मेलन शुरु हुनुअघि नै अलमुताइरीले निश्चित विषयमा प्रश्न गर्न रोक लगाए। राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्ला अलमुताइरीले शनिबार एएफसी एसियन कप तयारीमा रहेका खेलाडीसँग अन्तर्वार्ताअघि पत्रकारलाई यो सोध्नु र नसोध्नु भन्दै उनी हाबी भएका हुन्।

त्यति मात्र होइन पत्रकार सम्मेलनअघि नै उनले सञ्चारकर्मीलाई खेलाडीसँग एन्फा निर्वाचन, एनएसएल र क्लबका प्रशिक्षकका बारेमा नसोध्न भनेका थिए। जबकि पत्रकार सम्मेलन नेपाल डेढ महीनापछि हुने एएफसी एसियन कप छनोट खेलको तयारीको विषयमा रहेको थियो। पहिलो दिन नेपाली टोली आसन्न एएफसी एसियन कपमा छनोट हुन सक्दैन भन्दै अभिव्यक्ति दिएका उनले दोस्रो दिन खेलाडीसँगको अन्तर्वार्ताअघि अर्को अपाच्य व्यवहार देखाएका हुन्।

खेलाडीका लागि समयको पावबन्दी लगाएका अलमुताइरीको अघिल्लो दिन आफ्नो पत्रकार सम्मेलनमा भने समयसीमा थिएन। आधा घण्टा बढी समय पत्रकार सम्मेलनमा बिताएका अलमुताइरीले आफ्नो दायराभन्दा बाहिर गएर फुटबलको सर्वोच्च निकायको कार्यशैलीमा पनि प्रश्न गरेका थिए।

कहिले अनुशासन त कहिलो अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीसँग झमेलामा फस्ने गरेका छन्। पटकपटक विभिन्न कारणले विवादमा पर्दै आएका छन् भने सञ्चार माध्यमको टीका टिप्पणीलाई खरो रूपमा आलोचना गर्दै आएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved