यादवलाई प्रधानमन्त्रीको सुझाव- नफुट्नुस्, मिलेर जानुस्

नेपालभ्युज

यादवलाई प्रधानमन्त्रीको सुझाव- नफुट्नुस्, मिलेर जानुस्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।

उपप्रधान एवम् स्वास्थ्यमन्त्रीसमेत रहेका यादव सोमबार रातिमात्रै काठमाडौं आइपुगेका हुन् । त्यसपछि उनी मङ्गलबार बिहानै प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगेका हुन् ।

यादव अमेरिका भ्रमणमा रहेका बेला उनको दल जनता समाजवादी पार्टी, नेपाल विभाजित भएको छ । पार्टीका सङ्घीय परिषद् अध्यक्ष अशोक राईले १२ मध्ये ७ सांसद लिएर जनता समाजवादी पार्टी गठन गरेका छन् । जसले निर्वाचन आयोगबाट वैधानिकतासमेत पाइसकेको छ ।

भेटमा प्रधानमन्त्री प्रचण्डले यादवलाई मिलेर जान सुझाव दिएका छन् । प्रधानमन्त्री प्रचण्डलाई उद्धृत गर्दै उनको सचिवालयका एक सदस्यले भने, “दलहरू विभाजित हुनु राम्रो होइन । तपाईंहरू मिल्नुस्, वार्ता गर्नुस् । झनै सत्तारुढ दलहरू विभाजित हुनु त राम्रो होइन ।”

दिउँसो यादवले संसदीय दलको बैठक बोलाएका छन् । बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल हुने सांसदहरूले बताएका छन् ।

अहिले यादव पक्षमा ५ सांसद मात्रै छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved