बाँकेका १०१ मतदानस्थल अति संवेदनशील

नेपालभ्युज

बाँकेका १०१ मतदानस्थल अति संवेदनशील

बाँके। बाँकेका विभिन्न ६ स्थानीय तहमा रहेका १०१ मतदानस्थल अति संवेदनशीलका रुपमा रहेका छन्।

जिल्लामा रहेका १३६ मतदानस्थलमध्ये ३५ मतदानस्थल संवेदनशील मतदानस्थलको रुपमा रहेको जिल्ला निर्वाचन कार्यालय, बाँकेले जनाएको छ। ‘वादविवाद हुने, झैंझगडा हुने वा बुथ क्याप्चरको सम्भावना रहेकालाई संवेदनशील मतदानस्थलको रूपमा लिएका छौँ”, प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भने। उनले संवेदनशील र अति संवेदनशील क्षेत्रलाई वर्गीकरण गरेर सुरक्षा व्यवस्था सुदृढ गरिने जानकारी दिँदै मतदानस्थललाई आन्तरिक रूपमा व्यवस्थापन गरिने बताए।

यसैबीच स्थानीय तह निर्वाचनका लागि जिल्ला सुरक्षा समितिले विभिन्न स्थानीय तहका मतदानस्थलको अनुगमन शुरु गरेको छ। कोहलपुर नगरपालिकाका १४ तथा खजुरा गाउँपालिकाका आठ मतदानस्थलको अनुगमन गरिएको प्रजिअ खत्रीले जानकारी दिए। उनले मतदानस्थल केहीमा पर्खाल नभएको, चर्किएको र केहीलाई मर्मतसम्हार गरेर प्रयोगमा ल्याइने उल्लेख गरे।

२०७४ सालको स्थानीय निर्वाचनमा जिल्लामा दुई लाख ४६ हजार १०३ मतदाता रहेकोमा यस वर्ष कूल तीन लाख २९ हजार ४७३ मतदाता छन्। जिल्लामा मतदान केन्द्र ३७९ छन्। मतदाता संख्या  बढेकाले ५२ मतदान केन्द्र थपिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी युवराज पन्तले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved