प्रधानमन्त्री देउवाको स्वागतका लागि योगी आदित्यनाथ बनारस जाँदै

नेपालभ्युज

प्रधानमन्त्री देउवाको स्वागतका लागि योगी आदित्यनाथ बनारस जाँदै

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज आफ्ना समकक्षी नरेन्द्र मोदीसँग नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भेट्दैछन्। उनले त्यहाँबाट संयुक्त रूपमा जयनगर–जनकपुर रेल सेवाको उद्घाटन गर्नेछन्।

प्रधानमन्त्रीको भ्रमणका अवसरमा नेपाल र भारतबीच विभिन्न सम्झौताहरू हुने कार्यक्रम पनि छ। यसपछि प्रधानमन्त्री देउवा भोली बनारस जाँदैछन्।

त्यहाँ देउवालाई स्वागत गर्नका लागि उत्तर प्रदेश (यूपी) का मुख्यमन्त्री योगी आदित्यनाथ आउनेछन्। दोस्रोपटक मुख्यमन्त्री चुनिएका योगी दोस्रो कार्यकालमा पहिलोपटक बनारस आउन लागेका हुन्। उनले प्रधानमन्त्री देउवासँग पनि छलफल गर्नसक्ने बताइएको छ। यसक्रममा योगीले बनारसको विकास कार्यको पनि समिक्षा गर्नेछन्।

पवित्र धार्मिकस्थल बनारसमा ठूलो संख्यामा नेपालीहरू बस्ने गर्दछन्। भारतमा नेपालीहरूको बाक्लो बसोबास रहेको क्षेत्र गोरखपुर पनि हो। योगी आदित्यनाथ गोरखपुर मन्दिरका महन्त समेत हुन्।

गत विधानसभा निर्वाचनमा गोरखपुरबाटै विजयी भएका योगी नेपाली समुदायसँग निकट मानिन्छन्। प्रधानमन्त्री देउवासँग भेट्दा उनले दुई देशको धार्मिक, सांस्कृतिक पक्षबारे चर्चा गर्ने बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved