सुदूरपश्चिम सरकारमा पुग्ने कांग्रेसको नयाँ रणनीति, एमालेसँग एकमत

सुदूरपश्चिम सरकारमा पुग्ने कांग्रेसको नयाँ रणनीति, एमालेसँग एकमत

धनगढी। सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसले सत्तामा पुग्न नयाँ रणनीति अपनाउन थालेको छ। कांग्रेस सत्ता गठबन्धन तोडेर नयाँ समीकरणमा अगाडि बढेको छ। बुधबार धनगढीमा दुई प्रतिपक्षी दल नेपाली कांग्रेस र एमाले बैठक सम्पन्न भएको छ।

बैठकमा कांग्रेस र एमालेका प्रदेश संसदबीच सरकारका विपक्षमा एकमत हुने टुंगोमा पुगेका छन्। केन्द्रमा कांग्रेस, माओवादी केन्द्र र समाजवादी दलबीच गठबन्धन भए पनि सुदूरपश्चिम सरकारमा भने कांग्रेस सरकारबाहिर प्रमुख प्रतिपक्षी दल बनेको छ।

कांग्रेस शुरुआतदेखि नै सुदूपश्चिम प्रदेश सरकारमा प्रमुख प्रतिपक्षी रहँदै आएको छ। सुदूरपश्चिम प्रदेशसभामा नेकपा समाजवादीका १४, नेकपा माओवादी केन्द्र १३, नेपाली कांग्रेस १२, नेकपा एमालेका १०, जसपा १ र लोसपा १ प्रदेश संसदलहरूले प्रतिनिधित्व गर्दै आएका छन्।

सुदूरपश्चिम प्रदेशमा ६ राजनीतिक दलहरूको प्रतिनिधत्व छ। अहिले समाजवादी र माओवादी दलको संयुक्त सरकार छ। सरकारको नेतृत्व माओवादीले गर्दै आएको छ। केन्द्रमा गठबन्धन भए पनि सुदूरपश्चिममा आफ्नो सहभागिता नभएको भन्दै कांग्रेस रुष्ट रहँदै छ। त्यसैले पनि कांग्रेस अहिले सत्ताका लागि चलखेल गर्दै आएको छ। बुधबार कांग्रेस र एमालेबीचको छलफललाई अर्थपूर्ण तरिकाले हेरिएको छ।

सरकारलाई सर्मथन मात्रै गरेर बस्न नसक्ने मुडमा अहिले कांग्रेस पार्टी देखिएको छ। “हामीले सर्मथ मात्रै गरिबस्ने होइन”, नेपाली कांग्रेसका प्रदेश संसद भरत खडकाले भने, “अब हामी केन्द्रभन्दा पनि प्रदेशस्तरीय गठबन्धन गर्ने हो।”

सरकार एकतर्फ रुपमा काम गर्दै आएको छ त्यसको भगिदार हामी किन बस्ने खड्काको आरोप छ।

उनीहरू सत्ता गठबन्धन तोडेर नयाँ समीकरणका साथ आगाडि बड्ने देखिएको छ। मंगलबार नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको संसदीय दलको बैठकबाट नै सरकारविरुद्ध गठबन्धन बनाउने निर्णय गरिसका छन्। “संसदीय दलको बैठकबाट नै हामीले यो निर्णयमा पुगेका हौ”, नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता डा रणबहादुर रावलले भने, “सुदूरपश्चिम सरकार चलाउन नयाँ समिकरण बन्छ।”

एमाले पनि अहिले प्रतिपक्षीमा बसेकोले कांग्रेसको साथ पाउदा सरकारको विरोध गर्ने शक्ति बलियो हुने पक्षमा रहेको छ। अहिले कांग्रेस र एमाले पनि संयुक्त रूपमा एक भएर संसदमा प्रस्तुत हुँदा सरकार पक्ष पनि सशंकित भएको छ।

“प्रतिपक्षीमा कांग्रेस एमालेको एजेण्डा एक छ”, एमालेका प्रदेश संसद लीलाधर भट्टले भने, “सरकारका गलत प्रवृत्तिविरुद्ध सशक्त भएर अगाडि बढ्ने सहमति भएको छ।” हाम्रो दुवै प्रतिपक्षीको साँझा धारणा छ छलफलबाट पनि त्यही निश्कर्ष निकालेका छौं।”

नेपाली कांग्रेसबाट प्रदेश संसद डिल्लीराज पन्त, भरतबहादुर खड्का र अम्बि थापा, एमालेबाट प्रकाशबहादुर शाह, लिलाधर भट्ट, हर्कबहादुर कुँवर र बलदेब रेग्मीबीच संयुक्त छफल भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved