नेपालले वेष्ट इण्डिज ‘ए’विरुद्ध पहिले बलिङ गर्ने

नेपालभ्युज

नेपालले वेष्ट इण्डिज ‘ए’विरुद्ध पहिले बलिङ गर्ने

काठमाडौं । नेपालले वेष्ट इण्डिज ‘ए’ विरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।

यसअघि शनिबार भएको सिरिजको पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो ।

आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका लागि अभ्यास खेलका रुपमा प्रतियोगिता भएको हो ।

आईसीसी टी–२० विश्वकपको नवौं संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेष्ट इण्डिजमा हुँदैछ ।

नेपाली टीम-

रोहित पौडेल (कप्तान), लोकेश बम, अनिलकुमार शाह, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्शन झा, सोमपाल कामी, सागर ढकाल, आकाश चन्द्र, कुशल भुर्तेल ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved