मोरङमा भेटिएको शंकास्पद वस्तु बम भएको पुष्टि, सेनाले निष्क्रिय पार्‍यो

नेपालभ्युज

मोरङमा भेटिएको शंकास्पद वस्तु बम भएको पुष्टि, सेनाले निष्क्रिय पार्‍यो

विराटनगर। मोरङ बुढीगंगा-३ स्थित प्रिमियर वायर्स अगाडिको सडकमा शंकास्पद अवस्थामा फेला परेको बम सेनाले निष्क्रिय पारेको छ।

शंकास्पद अवस्थामा भेटिएको प्रेसर कुकर बम नै भएको पुष्टिपश्चात् नेपाली सेनाले डिस्पोज गरेको हो।

साँझ करिब साढे ५ बजे बमजस्तो देखिने शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। खबर प्राप्त भएलगत्तै घटनास्थलमा परिचालित प्रहरीको टोलीले अवस्था नियन्त्रणमा लिई बम निष्क्रिय बनाएको हो।

यद्यपि, बम कसले राखेको हो भन्ने बिषय भने हालसम्म पुष्टि नभएको मोरङ प्रहरीले जनाएको छ। प्रहरीले हाल बम राख्ने व्यक्तिको खोजी कार्य तीव्र बनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved