काभ्रेको ढुंगाखानीमा पहिरोः एक जनाको शव फेला

नेपालभ्युज

काभ्रेको ढुंगाखानीमा पहिरोः एक जनाको शव फेला

काठमाडौं । काभ्रेको बनेपा नगरपालिका-१४ स्थित आशापुरी खनिज उद्योगमा आइतबार पहिरो जाँदा घटनास्थलमै १ जनाको मृत्यु भएको छ भने अरू दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेले उद्धारका लागि कार्यालयबाट प्रहरी खटाएको जनाएको छ। इलाका प्रहरी कार्यालयका प्रहरी अधिकृत राजन कोइरालाका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।

मृतकको सनाखत हुन सकेको छैन। उनका अनुसार जिल्लाबाट प्रहरी प्रमुखसहित प्रमुख जिल्ला अधिकारीहरू घटनास्थलतर्फ पुगेका छन्। घटनास्थल काभ्रे र भक्तपुरको सीमाना हो। घटनाबारे थप विवरण आउन बाँकी रहेको इन्सपेक्टर कोइरालाले बताए।

ढुङ्गा खानीमा पहिरो जाँदा स्काभेटर, टिपरलगायत पुरिएका छन्। घटनास्थलमा प्रहरीसँगै स्थानीयहरू उद्धार तथा पुरिएका सवारीसाधन निकाल्न खटिरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved