सिद्धियो भने फुटाएर भए पनि काम चलाउन एमाले खुत्रुके होइन : सुभाष नेम्बाङ

नेपालभ्युज

सिद्धियो भने फुटाएर भए पनि काम चलाउन एमाले खुत्रुके होइन : सुभाष नेम्बाङ
फाइल तस्वीर

काठमाडौं। नेकपा(एमाले)का उपाध्यक्ष सुबास नेम्बाङले एमाल‍े खुत्रुकेजस्तो नभएको बताएका छन्।

अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि पत्रकारहरूसँग नेम्बाङले भने, “अध्यक्ष केपी ओलीको शब्दमा भन्नुपर्दा हामी खुत्रुके होइनौँ। खुत्रुके माटोको भाँडो जसमा पैसा राखेर जम्मा गर्ने गरिन्छ। सबैचिज सिद्धियो भने अन्तिममा खुत्रुके फुटाएर भए पनि कामचलाऊ हुन्छ। हामी त्यस्तोचाहिँ होइनौँ। हामी देश र जनताको हितमा काम गर्छौ। निर्णय गर्छौ।”

तीनै जना नेताको भेट सकारात्मक भए पनि ठोस निष्कर्षमा भने नपुगिएको नेम्बाङले बताए।

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालसँग एमाले अध्यक्ष ओलीले बिहीबार संसद भवनमा भेटवार्ता गरेका हुन्। भेटवार्ताको क्रममा एमसीसी र राष्ट्रिय राजनीतिको सम्बन्धमा तथा संसदको गतिरोध अन्त्य गर्ने विषयमा व्यापक छलफल भएको उपाध्यक्ष नेम्वाङले बताए।

छलफललाई अझै निरन्तरता दिइने उनले बताए। “अध्यक्ष र हामीहरू नेताज्यूहरू छुट्टाछुट्टै एक्लाएक्लै र हामी सबै बसेर हामी बिचमा छलफल भयो। एमसीसीको बारेमा, राष्ट्रिय सन्दर्भमा, संसदको गतिरोधको सन्दर्भमा व्यापक छलफल हुँदा कमरेड प्रचण्डहरूसँग सकारात्मक रुपमा छलफल भएको छ। त्यसलाई निरन्तर अगाडी बढाउने सल्लाह भएको छ। प्रधानमन्त्रीज्यूसँग राम्रो छलफल भयो यही बारेमा। र अन्तिममा निष्कर्षको रुपमा अध्यक्ष केपी ओली र प्रधानमन्त्री शेरबहादुर देउवा सात बजे बालुवाटारमा फेरी भेट्ने। फेरि छलफल गरौँ हामी दुईजना भन्नुभएको छ अध्यक्षले। विगतका कुरा पनि समिक्षा भएको। निष्कर्षमा नपुगिएको। संसदको गतिरोधको कुरा र विगतका समिक्षा। पहिलो पटक धेरै समयपछि यो तहमा छलफल भएको। ठोस निष्कर्ष निकालेको छैन। प्रचण्डहरूसँगको छलफल फेरी छलफल अगाडि बढ्ने स्थिति छ।”

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved