सन्दीपको भिसाका लागि कस्तो छ सरकारको पहल ?

नेपालभ्युज

सन्दीपको भिसाका लागि कस्तो छ सरकारको पहल ?

काठमाडौं । अमेरिकाले नेपालका क्रिकेटर सन्दीप लामिछानेलाई विश्वकप खेल्न जानका लागि भिसा नदिएपछि सरकारले अमेरिकी दूतावास समक्ष कूटनीतिक पहल गर्ने भएको छ । खेलकुद मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत प्रक्रिया अघि बढाउने भएको हो ।

बुधबार सन्दीपलाई अन्तर्वार्तामा बोलाएर अमेरिकी दूतावासले भिसा अस्वीकार गरेको थियो । भिसा नदिइनुको स्पष्ट कारण खुलाइएको छैन ।

हिजो सन्दीपले स्ट्याटस लेखेर आफूलाई भिसा दिन दूतावासले अस्वीकार गरेको बताएका थिए ।

लगत्तै नेपाली क्रिकेट समर्थकले दूतावासको चर्को आलोचना गरिरहेका छन् । दूतावासको फेसबुक तथा ट्वीटर (एक्स) पेजमा आलोचना भइरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सन्दीपलाई अमेरिका खेल्न पठाउन परराष्ट्र मन्त्रालयमार्फत औपचारिक रूपमै अनुरोध गर्न सकारात्मक छन् । दूतावासमा प्रक्रिया अघि बढाउन कागजात तयार गर्न खेलकुद मन्त्रालय तथा नेपाल क्रिकेट संघ (क्यान)लाई उनले समन्वय गर्न भनेको बताइन्छ ।

क्यानका पदाधिकारीले बिहिबार नै खेलकुद परिषद्, खेलकुद मन्त्रालय, परराष्ट्र मन्त्रालयदेखि प्रधानमन्त्रीको सचिवालयसम्म सन्दीपको इस्यूबारे अवगत गराएको थियो । त्यसलगतै प्रधानमन्त्रीले पहल थालेका थिए ।

सबैले सबैले गम्भीरतापूर्वक लिएको नेपाल क्रिकेट संघ (क्यान) स्रोतले बताएको छ । आज बिहीबार सार्वजनिक विदाका कारण अमेरिकी दूतावास बन्द छ । शुक्रबार सरकारी स्तरबाट अमेरिकी दूतावासमा प्रक्रिया अघि बढाइने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved