ओलीको टिप्पणी : रविविरुद्ध कांग्रेस खनिनु भँगेरा मार्न तोप बोकेर निस्कनु सरह

नेपालभ्युज

ओलीको टिप्पणी : रविविरुद्ध कांग्रेस खनिनु भँगेरा मार्न तोप बोकेर निस्कनु सरह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक क्षणिक स्वार्थ र लाभका लागि गर्नु नहुने बताएका छन् ।

बिहीवार सुनसरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । राजनीति देश, जनता र सत्य स्थापनाका लागि हुनुपर्ने उनको भनाइ छ ।

ओलीले कांग्रेसले संसद्‌मा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाउँदै संसद अवरूद्ध गरिरहेको र एउटा पात्रका विरूद्ध खनिएको भन्दै आपत्ति जनाए ।

कांग्रेस जस्तो पार्टी रवि लामिछानेको विरूद्धमा खनिनु भनेको भँगेरा मार्न तोप बोकेर जानु सरह भएको टिप्पणी गरे ।

उनले लामिछाने राजनीतिमा आएको एक वर्ष भएको बताए ।

कांग्रेसले अघिल्लो दिन प्रधानमन्त्रीमा प्रस्ताव गर्ने र पस्ताव नमानेपछि सहकारी ठगको आरोप लगाउने अर्घर्ल्याईं गरेको आरोप लगाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved