गृहमन्त्री रवि लामिछानेविरुद्ध तरुण दलले निकाल्यो राँके जुलुस

नेपालभ्युज

गृहमन्त्री रवि लामिछानेविरुद्ध तरुण दलले निकाल्यो राँके जुलुस

काठमाडौं । नेपाली कांग्रेसकव भ्रातृ संस्था नेपाल तरुण दलले काठमाडौंको कोटेश्वरमा राँके जुलुस प्रदर्शन गरेको छ । नेपाल तरुण दलले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै बिहीबार कोटेश्वर चोकमा मशाल जुलुससहित प्रदर्शन गरेको हो ।

तरुण दलका नेता-कार्यकर्ताहरूले कोटेश्वरको महादेवस्थान गेटबाट मशाल जुलुस निकाल्दै मुख्य सडकमा अवरोध समेत गरेका थिए। सहकारी प्रकरण र सरकारको रवैयाका विरुद्ध राँके जुलुस प्रदर्शन गरिएको तरुण दलका केन्द्रीय सदस्य सुशील बुढाथोकीले जानकारी दिए ।

राँके जुलुस  कोटेश्वर चोकमा पुगेर सभामा परिणत भएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved