भोली बस्ने संसद् बैठकअघि नै टीओआरमा सहमति जुटाउने तयारी

नेपालभ्युज

भोली बस्ने संसद् बैठकअघि नै टीओआरमा सहमति जुटाउने तयारी
फाइल फोटो

काठमाडौं । सहकारीमा जम्मा गरिएको रकम हिनामिनाका सम्बन्धमा छानबिन गर्नका लागि गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर)मा सहमति गर्न कार्यदलको बैठक विना निष्कर्ष सकिएको छ ।

बिहीबार सिंहदरबारमा बसेको बैठक भोलि बिहान ८ः३० बजे बस्ने गरी सकिएको छ ।

बैठकमा सत्ता पक्ष लचक रुपमा प्रस्तुत भएको कांग्रेसका सहमहामन्त्री जिवन परियारले बताए ।

‘हाम्रो अडानमा हामी कायमै छौँ। उहाँहरू (एमाले र रास्वपा) केही लचक भएर ड्राफ्ट ल्याउनुभएको छ। तर सहमति बनेको छैन ।’ परियारले भने ।

उनले यसअघि भने, ‘आजको बैठकमा सत्ता पक्ष केहि लचक भएर प्रस्तुत भएको छ, भोली संसद् बैठकअघि दलहरुबीच सहमति जुटाउनु पर्छ भन्नेमा उहाँहरु अग्रसर हुनुहुन्छ,’

उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम नै किटेर समिति बनाउनु पर्ने बताए ।

रकम हिनामिनामा उपप्रधान तथा गृहमन्त्री लामिछाने संलग्न भएको भन्दै कांग्रेसले उनको नाम नै किटेर समिति गठन हुनुपर्ने माग गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved