शुक्रबारबाट ए डिभिजनका दशौं चरणका खेल, पहिलो फ्रेन्ड्स र ब्रिगेड ब्याइजबीच

नेपालभ्युज

शुक्रबारबाट ए डिभिजनका दशौं चरणका खेल, पहिलो फ्रेन्ड्स र ब्रिगेड ब्याइजबीच

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगका बाँकी खेल शुक्रबारबाट सुचारु हुँदैछन्। शुक्रबारबाट सुरु हुने लिगमा रेलिगेशनमा क्षेत्रमा रहेको फ्रेन्ड्सले ब्रिगेड ब्वाइजसँग प्रतिस्पर्धा गर्दै छ। दुबै टोली शुक्रवार आमने समाने हुँदै दुबै टोली रेलिगेशन क्षेत्र भन्दा माथि पुग्न स्पष्ट तीन अंकका लागि प्रतिस्पर्धा गर्दैछन्।

दशौँ चरणका खेल शुक्रबारबाट आरम्भ हुँदा दिनको पहिलो खेल लिगको पुछारमा रहेको फ्रेन्ड्सले ब्रिगेड ब्वाइजसँग प्रतिस्पर्धा गर्दै छ। दुबै टोली मैदान उत्रिँदा दुबैलाई रेलिगेशनबाट बच्नका लागि प्रतिस्पर्धा गर्नु पर्नेछ।

बिहीवार खेल अघिको पत्रकार सम्मेलनमा दुबै टोलीले जितका लागि खेल्ने बताएका छन्। तालिकाको पुछारमा रहेको टोली फ्रेन्ड्सका प्रशिक्षक म्रिगिन्द्र मिश्रले कोरोनालाई भ्याक्सिन आवश्यक भए जस्तै आफ्नो टोली रेलिगेशनबाट बच्न तीन अंक आवश्यक भएको बताए।

यस्तै रेलिगेशन क्षेत्रको दोस्रो स्थानमा रहेको ब्रिगेड ब्वाईज पनि फ्रेन्ड्सविरुद्ध मैदान उत्रिँदा तीन अंकका लागि नै प्रतिस्पर्धा गर्नेछ। किनभने ब्रिगेडलाई पनि रेलिगेशन क्षेत्र टार्न निकै संघर्ष गर्नुपरेको छ। सोही कारण ब्रिगेड ब्वाइजका प्रशिक्षक समिर विष्टले फ्रेन्ड्सविरुद्ध गर या मरको खेल भएकाले जितबाहेक विकल्प नभएको बताए।

दशौं चरणअन्तगर्त खेलमा थ्री स्टारले बलियो मनाङ मर्स्याङ्दीविरुद्ध खेल्दै छ। अघिल्ला खेलमा अनपेक्षित नतिजा निकालेको थ्री स्टारलाई पुरानो शाख जोगाउने लक्ष्यका साथ मैदान उत्रिँदै छ। चिर परिचित प्रतिद्वन्द्वीविरुद्ध मैदान उत्रिन थ्री स्टार तयार भएको प्रशिक्षक उर्जन श्रेष्ठले बताए। उनले अघिल्ला संस्करणमा मनाङलाई हराउँदै इतिहास बनाएकोले तीन अंक खोस्न खेल्ने बताए।

दशौँ चरणको लिग अन्तर्गत शीर्ष स्थानको मच्छिन्द्रले च्यासल युथ क्लबसँग खेल्दै छ। मच्छिन्द्रका प्रशिक्षकले च्यासलसँगको खेलमा जित निकाले दोस्रो स्थानका टोलीसँग अग्रता तीन अंक भन्दा बढी मिल्दा उपाधि होडलाई सहज हुने भन्दै तीन अंकका लागि खेल्ने बताए।

लिगमा नवौँ चरणको खेल सकिँदासम्म मच्छिन्द्र २३ अंकका साथ तालिकाको पहिलो स्थानमा रहँदा १९ अंक जोडेर मनाङ दोस्रो स्थानमा छ। मनाङ भन्दा दुई अंकले पछि रहेको त्रिभुवन आर्मी फुटबल क्लब पनि शीर्ष तीन भित्र अटाउने रणनीतिका साथ आउँदा खेलमा प्रतिस्पर्धा गर्दै छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved